सवारी साधनहरुको महामेला नाडा अटो शो भोलि शुरु हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र ९, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौं । सवारी साधनहरुको महामेला नाडा अटो शो भोलि (मंगलबारदेखि) शुरु हुँदैछ । यस वर्ष नाडा अटो शोमा बैंक तथा बीमा कम्पनीले समेत स्टल राख्ने भएका छन् । गत वर्ष आयोजक संस्था नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले स्थानाभावको कारण देखाउँदै बैंकहरुलाई स्टल राख्न दिएको थिएन । यस वर्ष भने १२ वटा बैंकहरुले स्टल बुकिङ गरिसकेको मेलाका संयोजक निराकर श्रेष्ठले जानकारी दिए ।

‘गत वर्ष हामीले नै राख्न नदिएका हौं, ठाउँको अभाव थियो,’ संयोजक श्रेष्ठले भने, ‘यस वर्ष भने हामीले खुला गरेका थियौं, १२ वटा बैंकले स्टल बुक गरिसक्नु भएको छ, एउटा बीमा कम्पनीको पनि स्टल रहनेछ ।’

संयोजक श्रेष्ठका अनुसार सिद्धार्थ इन्स्यारेन्स कम्पनीले मात्रै स्टल बुकिङ गरेको छ । अन्य बीमा कम्पनीहरुले भने स्टल राख्न चासो दिएनन् ।

स्टल बुक गर्नेमा ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनआइशी एशिया बैंक लगायत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस