आआफ्नै देशमा बसेर ओली र मोदीले रिमोटबाटै पाइपलाइन उद्घाटन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १२, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १२,काठमाडौँ । नेपाल र भारत पेट्रोलियम पाइपलाइनको दुवै देशका प्रधानमन्त्रीले दुई सातापछि उद्घाटन गर्ने भएका छन् ।

भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आआफ्नै देशमा रहेर रिमोट कन्ट्रोलमार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने भएका हनु् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ओली र मोदीबाट पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ ।

दुवै मुलुकका प्रधानमन्त्रीले आफ्नै कार्यकक्षबाट एकसात संयुक्तरुपमा रिमोटबाट पाइपलाइनको उद्घाटन गर्ने तयारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस