कोलकातामा नेपालकै कन्टेनर स्टेसन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १३, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) सञ्चालनमा आएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहीबार उद्घाटन गरे।

सो अवसरमा उनले भने, ‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने छ। व्यापार लागत कम गर्नु पनि हाम्रो आवश्यकता हो। समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नारा नै हो, सरकारले संकल्प गरेको समृद्धिका लागि उद्योग व्यापार सप्रिनुपर्छ। सिएफएस उद्घाटन हुनु भनेको त्यस दिशामा पहिलो महत्वपूर्ण कडी हो।

मन्त्री यादवले नेपालको आफ्नो जहाजको कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गर्नेहरुले निकट भविष्यमै उक्त सपना साकार भएको हेर्न पाउने दाबी गरे।

उनले कोलकाता पोर्ट ट्रस्टको समन्वयमा कार्यान्यवन हुने गरी उक्त योजना बन्न लागेको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस