कार्तिक ७, काठमाडौं । आफ्नै कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप सात दिनको म्याद दिएको छ। योसँगै उनले अनुसन्धानका लागि २५ दिन थुनामा बिताउनेछन्।
संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीलाई निवासमै गएर बलात्कार प्रयास गरेको अभियोगमा पूर्वसभामुख महरा १८ दिनेदेखि प्रहरी थुनामा छन्।
दसैँको मुखमा प्रहरी थुनामा पुगेका महराले अदालतको बिहीबारको आदेशसँगै तिहार पनि थुनामै बिताउनेछन्।