कार्तिक ८,भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपाको नेतृत्वमा रहेको सरकाले देशमा शान्ति, सुशासन, स्थिरताको साथमा देशमा राजनीतिक आडमा भइरहेका अपराधी र भ्रष्टाचारीलाई आफ्नो वा विरानो नभनी आखाँ चिम्लीएर कारवाही गर्ने उद्घोष गरेका छन ।
आज नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ४ ले अजोजना गरेको दशैं, तिहास, छठ, नेपाल सम्बत्लगायतका नेपाली सांस्कृतिक चाडपर्वको अवसमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले देशमा रहेको विकृति, विसंगती, भ्रष्टाचार, अनियमिता, भु–माफिया, बलत्कारीलगायतलाई कुनै पद र ओहदाको मत्लब नगरी निर्ममताका साथ प्रस्तुत हुने र देशमा शानित अनमचयन, स्थिरता, भ्रष्टाचारमुक्त, हिंसामुक्तलगायतको देश र समाज निर्माण गर्नेमा सवैलाई ढुक्क हुन आग्रह गरे ।
राजनीति विग्रीएमा समग्र देश नै विग्रीने बताउँदै उनले राजनीतिक आडमा लुेकको अपराधलाई निस्तेज पार्ने उद्घोष गरे । नेपाली जनताको आड र भरोसाको पार्टी नै नेकपा भएको उल्लेख गर्दै उनले नेमकिपा र कांग्रेसले करिव बीस वर्ष गरेको काम नेकपाका जनप्रतिनिधिले दुई वर्षमा त्यो भन्दा बढी गरेको तथ्य प्रस्तुत गरे ।
पछिल्लो बेन्चमा बसेर विरोध गर्ने नभई अगाडी बसेर विकास गर्ने पार्टी नेकपा भएको बताउँदै उनले नेकपा सरकारमा भएसम्म देशको विकास र समृद्धिको साथमा जनताको सारथी बन्नेमा ढुक्क हुन आम नागरिकलाई आग्रह समेत गरे । आगामी उपनिर्वाचनमा कसैले पैसाको शक्तिनदेखाउन आग्रह गर्दै जनतामा कामले शक्ति देखाउनु पर्नेमा जोड दिँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले भने, ‘नेमकिपा र कांग्रेसले भक्तपुरमा होच्याइरहेको विगतको परिस्थितीमा वर्तमान समयमा नेकपा नेता र कार्यकर्ता अत्याधिक भएको पार्टी बन्यो । राजनीतिमा भएको भ्रष्टीकरणको अन्त्य गर्नुपर्छ । जनतालाई भेडा बाख्रा जस्तो तरिकाले किनभबेच गर्न सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो अब जनता विक्नेवाला छैनन् । त्यसको लागि नेकपा प्रतिवाद गर्न तयार छ ।’
कर छल्न पल्केका तथा देशको विकास हेर्न नसक्ने केही तत्वले सरकारको विरोधको खेती गरिरहेको उल्लेख गर्दै सांसद बस्नेतले भ्रष्टाचारको इतिसहामा सर्णपदक प्राप्त गर्ने पार्टी नै कांग्रेस भएको उल्लेख गरे । कांग्रेसले भ्रष्टचारी, भू–माफियालगायतलाई फुलमाला लगाएर सम्मान गरिरहेको बताउँदै उनले भने, ‘कांग्रेसले संस्थागत रुपमा भ्रष्टाचार गरिरहेको छ । त्यसलाई अन्त्य गर्न नेकपाले एजार पटक गाली खान तयार छ तर देशलाई सहि बाटोमा ल्याउँछ, अपराधी र भ्रष्टाचारीको अन्त्य गर्छ ।’
व्यक्तिको नाममा लगिएका सार्वजनिक सम्पत्ती फिर्ता ल्याएरै छोड्ने उद्घोष गर्दै उनले १८३ रोपनी जग्गा भक्तपुरमा भेटिएको जसमा कांग्रेस, राप्रपा र नेमकिपाको संलग्नता रहेको उल्लेख गरे । पर्यटन र उद्योग विकासमा ठूलो छलाङ मार्दै अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालमा चिनियाँ राष्ट्रपति सि चिनफिङको दुई दिने राजकिय भ्रमणसँगै रेलमार्ग आउने सुनिश्चित भएको उल्लेख गरे । वर्तमान सरकारले विकासको गतिलाई देशभर तिव्रता दिई अघि बढिरहेको बताउँदै उनले मदनभण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, सिचाई, जलविद्युत, स्मार्ट सिटीलगायतका ठूला ठूला कामहरु तथा दिर्घकालिन योजनाहरु समेतले मुर्त रुप पाइरहेको बताए ।
देशलाई घाटाको बाटोमा नभई नाफाको बाटोमा सरकार अघि बढिरहको छ उल्लेख गर्दै उनले भेरी बबई सिचाई योजना सरकारले तोकेको समयभन्दा अगावै सम्पन्न हुने जसले नेपालको आर्थिक वृद्धिदर दुई प्रतिशतका दरले वृद्धि हुने बताए । ७.१ प्रतिशत अर्थतन्त्र वृद्धि भएको बताउँदै उनले वार्षिक वृद्धदर प्रतिघर करिव ११ सयका दरले रहेको जानकारी गराए ।
उनी आगामी उपनिर्वाचनमा भक्तपुरमा नेकपाले स्व. हरिशरण लामिछानेको दिशा र मार्गनिर्देश तथा सपनालाई पुरा गर्नु प्रकारको उम्मेदवार छनौट गर्ने बताए । विकास गर्नेलाई जनताले मत दिनुपर्नेमा जोड दिँदै उनले तेलकोट चाँगुनारायणको सडकलाई हरी गुरु मार्ग नामाकरण गरिएको जानकारी गराए । उक्त सडक ८ किमि पिच भईसकेको जानकारी गराउँदै उनले हरी गुरु पार्क समेत निर्माणको प्रकृयामा अघि बढिरहेको जानकारी गराए ।
भक्तपुरमा नेकपाले गफ हैन काम गरेर अघि बढेको बताउँदै उनले सडक, पुल, ढल, अस्पताल, खानेपानी, स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, सभागृहलगायतका विकास निर्माणका कायहरु व्यापक मात्रामा भइरहेको उल्लेख गरे । भक्तपुरदेखी थानकोटसम्म बाहिरी चक्रपथ बन्ने प्रकृया अघि बढिसकेको जानकारी गराउँदै उनले भक्तपुरको मनोहरा सुकुम्वासीको समस्या समाधानको बाटोमा अघि बढिरहेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश नं. तीनका सांसद डा. राजेन्द्रमान श्रेष्ठ, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेकपा केन्द्रीय सदस्य, भक्तपुरका सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, अनेमसंघ भक्तपुरका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बाँस्तोलालगायतले शुभकामना व्यक्त गरे ।