“चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण योगदान गरेका छन्”: मुख्यमन्त्री गुरुङ

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक ९, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक ९, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको जनाएका छन् ।

दीपावली तथा नेपाल संवत्, छठ, इद र ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्ता पर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। नेपाल संविधानतः धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले आफूले चाडपर्वबाट आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम हुने अपेक्षा गरेको जनाए।

पछौटेपन, अविकाश र गरीबीको समस्याबाट प्रदेशलाई मुक्त गराउँदै विकास र समृद्धियुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै शुभकामना सन्देशमा उनले ‘यस सङ्कल्पलाई साकार पार्न सबै नागरिकको पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु’, भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस