कार्तिक १३, काठमाडौं । अनेरास्ववियूका नेता सुदेश पराजुलीले जनगायक जीवन शर्माको छोराको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन् । बुधवार आफ्नो जन्मदिनको अवसरमा उनले जनगायक शर्मालाई भेटी १० हजार रुपैयाँ सहयोग गर्नुका साथै उनको छोराको स्वास्थ्य लाभको कामना गरेका छन् ।
जनवादी गायक शर्माका छोरा अमृत आचार्यको स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरेका हुन् ।
नेता पराजुलीले नेपाल सरकारले घोषणा गरेको अभिभावकत्व ग्रहण गरेको बालकलाई केही शैक्षिक सामाग्री तथा स्कुलको कपडा समेत हस्तान्तरण गरेको उनले जानकारी दिए ।
नेता पराजुलीले आफूले जन्मदिनको अवसरमा सधैं सामाजिक सहयोग गरिरहेको बताउँदै अहिले पनि त्यसैलाई निरन्तरता दिइरहेको अनलाइन केन्द्रसँग बताए । उनले भने, “मैले आफूलाई सधैं समाज सेवामा लगाएको छु, आज त्यसैको निरन्तरताको एक कदम हो, जनगायक शर्मालाई मैले मात्र नभई सबैले सहयोग गर्नु अहिलेको आवश्यकता हो ।”