‘आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै”: डा. काेइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १४, बिहिबार (५ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

कार्तिक १४, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै पार्टी सभापति बन्न सक्ने बताएका छन् ।

डा. शेखरले लोकतन्त्र खतरामा परेकोले रक्षाका लागि कोइराला परिवार चुप लागेर बस्न नसक्ने बताउँदै आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे ।

बिहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामी ३ कोइरालाबीच भाइटीकाको दिन पनि केही छलफल भयो, फेरि पनि हुन्छ । हामी ३ जनाबीच छलफल भइरहेको छ, हानथाप गर्दैनौं ।’

कार्यकर्तातर्फ इंकित गर्दै डा. कोइरालाल दोहोरो भूमिका नखेल्न सुझाव पनि दिए । ‘तपाईंहरु शंशाककोमा गएर शशांकलाई सभापति हुनपर्छ, सुजताकोमा गएर तपाईं हुनुपर्छ र म कहाँ आएर म सभापति हुनु पर्छ भनेर दोहोरो भूमिका नखेलिदिनु होला ।’

उनले पार्टीमा नयाँ नेतृत्व आउनु भन्दै उनले शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता अनुभवी र पार्टीमा योगदान पुर्‍याएका नेताहरुले आफ्नो अनुभव बाँढेर पार्टीमा नयाँ नेतृत्व दिनु पर्ने बताए । तर, सधैं कोइरालाले नै नेतृत्व लिनु पर्छ भन्ने नरहेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस