पूर्वसभामुख महराको बयान लिइयाे, थुनछेकको बहस आइतबार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १५, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १५, काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीलाई करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको शुक्रबार बयान लिइएको छ। बयान लिइए पनि शुक्रबार थुनछेकको बहस भने सुरु भएन।

जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेपछि काठमाडौँ जिल्ला अदालतमा शुक्रबार बयान लिइएको हो। बयानका क्रममा उनले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको दाबी गरेका छन्।

बयानपछि उनलाई नर्भिक अस्पताल नै लगिएको छ। महराको मुद्दा काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलाशमा परेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस