कार्तिक १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका एक सुरक्षा अधिकृत (एडिसी) जुवाखालबाट पक्राउ परेका छन् ।
नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । शाहीसँगै अन्य सातजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही,किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेका छन्।