महरामाथिको थुनछेक बहस भोलि पनि हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस भोलि पनि हुने भएको छ।

सरकारी वकिलले आफ्नो राय राखिसकेपछि महराको पक्षका वकिलले आइतवारबाट सुरु गरेको बहस भोलि पनि जारी रहने भएको हो।

आइतवार महराको पक्षबाट दुई वरिष्ठ अधिवक्ताहरु भोजराज आचार्य र लभप्रसाद मैनालीले करिब ३ घण्टा बहस गरेका थिए। थुनछेक बहसमा भने ६ जना मात्रै अधिवक्ता सहभागी हुने भएका छन्।

दुईजना वकिलले बहस गरिसकेपछि आजको सुनुवाइ हेर्दा हेर्दै भोलिसम्मका लागि स्थगित भएको हो । महराको पक्षमा पूर्वमहान्यायाधीवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा ३५ जना भन्दा धेरै वकिलहरुले बहसका लागि वकालतनामा पेश गरेका छन्।

थुनछेकको बहसका क्रममा महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्दैछन्। त्यसैगरि अधिवक्ताहरू मुरारी सापकोटा र चन्द्र गुरागाइँसहितका कानुन व्यवसायीले थुनछेक बहसका लागि वकलातनामा पेश गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस