मन्त्रिपरिषद् बैठक सोमबार बिहान ११ बजे बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझका लागि बोलाएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ।

उक्त बैठक सोमबार बिहान ११ बजेका लागि बालुवाटारमै राखिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

आइतबार बिहान झण्डै डेढ घण्टा बालुवाटारमै चलेको बैठकको निरन्तरता स्वरुप साँझ पाँच बजे बैठक बोलाइए पनि स्थगित गरिएको हो। बिहानको बैठकले सातै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको थियो।

त्यस्तै, त्रिविको उपकुलपतिमा डा. धर्मानन्द बास्कोटालाई नियुक्त गर्ने निर्णय पनि आइतबार बिहानको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

त्यस्तै, डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस