परराष्ट्रमन्त्री ज्ञवाली रुस भ्रमणमा जाने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ कार्तिक १९, मंगलबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आउँदो मंसिरमा रुस तथा सर्बियाको भ्रमणमा जाने भएका छन् ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली त्यसतर्फ जाने भएका हुन् । उनी मंसिर दोस्रो हप्ता रुस जाने छन् ।

भ्रमणको क्रममा मन्त्री ज्ञवालीले नेपाल र रुसबिच व्यापार तथा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । रुसपछि उनी दक्षिणपूर्वी युरोपेली देश सर्बियामा जाने छन् । उनले दुवै देशमा गरेर हप्ता दिन बिताउने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस