सल्यानमा पनि नेकपाले मार्यो बाजी, कुमाखमा नेकपाका बुढाथोकी विजयी

Post Thumbnail

मंसिर १४, सल्यान । सल्यान कुमाख गाउँपालिका-५ मा पनि मतगणना सकिएको छ।

गाउँपालिका ५ को वडा अध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धर्मे बुढाथोकी निर्वाचित भएका छन्।

नेकपाका उम्मेदवार बुढाथोकीले ७ सय ९२ मत ल्याई विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ मत प्राप्त गरेका छन्। राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गरेका छन्।

१ हजार ८ सय ३९ मतदाता मध्ये १ हजार १ सय २४ मत खसेको थियो। जसमा ६० मत बदर भएको छ। वडाअध्यक्षको उपचुनावमा ६१ दशमलव १२ प्रतिशत मत खसेको थियो।

सरस्वती माध्यमिक विद्यालय झारकाँडा (क) केन्द्रबाट महिला ३ सय १२ र पुरुष २सय ८१ मतदान खसेको थियो भने (ख) केन्द्रबाट २सय ८८ महिला र २सय ४३ पुरुष मत खसेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस