मंसिर १८, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोका सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् ।
बुधबार कार्कीले पुरुष ८७ केजी तौल समूहको प्रतिस्पर्धामा पाकिस्तानी खेलाडी वाकर अली शाहलाई २७–९ को स्कोरमा हराउँदै स्वर्ण जित्न सफल भएका हुन् ।
यससँगै हालसम्म सागमा नेपालको १०० स्वर्ण पुगेको छ । त्यस्तै, जारी १३औं सागमा यो नेपालको २९ औँ स्वर्ण हो ।