बहुप्रतिक्षित स्काई वाक टावरको उपप्रधानमन्त्री पोखरेलद्धारा शिलान्यास

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर २१, शनिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर २१,काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सपना नदेख्ने जो कोहीले मानिसले मुलुकको विकास र समृद्धिलाई गति दिन नसक्ने बताउँदै मुर्छित सपनालाई जागृत गर्न आम नेपाली युवाहरु लाग्नुपर्नेमा जोड दिएका छन ।

वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एसियाकै सवैभन्दा पहिलो स्काई वाक टावरको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विगतमा देखिने सपनाहरुलाई मुर्छित बनाउने काम गरिने गरेकोलाई चुनौति दिँदै सपना देख्ने साथीहरुको अभियान नै स्काई वाक टावर निर्माण कार्यको प्रारम्भ भएको उल्लेख गरे ।

उनले भने, ‘सपना नदेख्नेले मुलुकलाई गति दिन सक्दैनन्, परिवर्तन गर्न सक्दैनन् । हिजो सपना देख्नेलाई लान्छित गरिन्थ्यो, अझै पनि रहलपहल रहेका छन् । सपना देख्नेलाई लान्छित गर्ने पात्र अझै यदा कदा अलि अलि रहेको छ । सपना देख्नेलाई गाली गर्नेले यो स्काई वाक टावरको निर्माणबाट सिकुन, बुझुन र जानुन ।’

जीन्दगीको नयाँ काम गर्ने संकल्प तथा घोषणा अनुसार उक्त कार्यको शुभारम्भ भएको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षां पुरा गर्न काम गरेर देखाउनु पर्नेमा जोड दिए । उनले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै उक्त स्काई वाक टालेले पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाली युवाहरुले अन्तराष्ट्रिय क्षेत्रमा सिकेको ज्ञान सित तथा कमाईको केही रकमलाई नेपालमा प्रयोग गर्दै स्काई वाक टावरको निर्माणमा जुट्नु नेपाल माथिको भरोसा जाग्दै गएको बताउँदै निरासावादी चिन्तनलाई परास्त गर्दै देशमै केही सम्भावना छ भन्ने विश्वास पैदा भएको बताए ।

लगानीको सम्भावना छ, सहि ढंगले प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास आम नेपाली युवाहरुमा जागृत हुँदै गएको उल्लेख गर्दै मन्त्री भट्टराईले उक्त युवाहरुको जोस, जाँगरका साथ शुरु गरिएको कार्यले विश्वभरलाई प्रेरणाको स्रोतको साथमा लगानीको वातावरण सिर्जनामा थप टेवा पुगेको उल्लेख गरे ।

स्वाकई वाक टावर पर्यटन प्रवद्र्धनसँग सम्बन्धीत रहेको उल्लेख गर्दै उनले पर्यटन क्षेत्र नै मुलुकको समृद्धि तथा रोजगारीको आधार भएको बताए । उनले गुणस्तरिय पर्यटन प्रवद्र्धनकै लागि भ्रमण वर्ष २०२० को आयोजना गरी वीस लाख पर्यटक भित्र्याउने सरकारले अभियान चलाएकोले सवैले साथ र सहयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आम नेपाली युवाहरुको सपना नै यथार्थको बाटोको रुपमा एउटा उदाहरणको लागि स्काई वाक टावर रहेको उल्लेख गर्दै समृद्ध नेपालको राष्ट्रिय चाहनालाई पुरा गर्न उक्त कार्यले विशेष भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

गरे सम्भव हुन्छ भन्ने प्रमाणित गर्नेमा विश्वास रहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले टावर निर्माणले देश निर्माणको अभियानमा जुटेकालाई मार्गनिर्देश तथा आधार तयार गरेको समेत बताए । उनले स्काई वाक टावरले नेपालको अर्को परिचय नै थप हुने भएको समेत दावी गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले स्काई वाक टावर निर्माणसँगै युवा जोस जाँगरले मुलुकलाई डोर्याउने कार्यको शुभारम्भ भएको बताए । देश विकासको निम्ती विदेशमा कमाएको रकम तथा सिपलाई आफुनो मुलुकमा प्रयोग गर्नु नै समृद्धिको आधार भएको उल्लेख गरे ।

उक्त स्काई वाक टावर तीन सय करोडको लगानीमा ७८ मिटर अग्लो बन्ने भएको छ । उक्त टावर शिलान्यास गरिएको १८ महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस