नेपालको आर्थिक बृद्धिदर : विश्व बैँक नै अलमलमा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर २७, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २७,काठमाडौँ । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिर ६.४ प्रतिशत मात्र हुने प्रक्षेपण गरेसँगै सरकारले असन्तुष्टि जनाएको छ ।

बैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आवमा नेपालको कुल आर्थिक बृद्धिदर ६.४ प्रतिशत मात्र हुने बताएको छ ।

गतवर्ष विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । सार्वजनिक प्रतिवेदनले यसअघि प्रक्षेपण गरेको आर्थिक बृद्धिदरलाई संशोधन गर्दै चालू आवमा ६.४ प्रतिशत हुने बताएपछि नेपाल सरकारले असन्तुष्टि जनाएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालको आर्थिक बृद्धिदर कम आँकलन गरिएको बताए ।

विश्व बैंकले आफ्नो बृद्धि प्रक्षेपणमा पुनरावलोकन गर्नुपर्ने भन्दै नेपालमा थुप्रै राम्रा काम भइरहेकोले आउने दिनमा नेपालको बृद्धि प्रक्षेपण बढ्न सक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस