पौष ४, काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले पहिलो जित निकालेको छ । पहिलो खेलमा मच्छिन्द्र क्लबसँग पराजित भएको ब्रिगेडले शुक्रबार आज भएको खेलमा फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गरेको हो । खेल सकिन २ मिनेट बाँकी रहदासम्म गोलरहित अवस्थामा ब्रिगेडका जय गुरुङले गोल गरेका थिए ।
गुरुङले ८८ मिनेट गोल गरेका हुन् । चार मिनेट थपिएको दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा रोशन रानामगरले अर्को दोब्बर पारेका थिए । फ्रेण्ड्सको भने यो लगातार दोस्रो हार हो । फ्रेण्ड्सले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।