‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै, मनाङ र आर्मी तथा थ्रीस्टार र पुलिस भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष ७, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाण्डौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् । मध्यान्ह १२ बजे मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब तथा दिउँसो ३ बजे थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । दुवै खेल दशरथ रङ्गशालामा हुनेछ ।

यसअघि हिजोको खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिमले १/१ गोलको बराबरी खेलेका छन् । जारी लिगमा शेर्पाको यो लगातार दोस्रो बराबरी हो ।

ताजा अपडेट

७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस