पौष ७, काठमाण्डौँ । काठमाडौंको सुकेधारामा बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । भक्तपुर काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार विहान पौने ६ बजे पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययरत सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याए लगतै उनको मृत्यु भएको थियोे । आक्रोसित विद्यार्थीहरुले काठमाडौं भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ । पन्त गोर्खा निवासी भएको प्रहरीले जनाएको छ ।