सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबको पहिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष ७, सोमबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले पहिलो जित हात पारेको हो। थ्रीस्टारले सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको हो । जारी लिगमा पुलिसले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

यता नेपाल पुलिस क्लब अझै जित बिहीन छ । पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । सोमबार थ्रीस्टारलाई जित दिलाउन सुशील राईले गोल गरे । उनले खेलको ८४ मिनेटमा गरेको गोल थ्रीस्टारलाई तीन अंक जोड्न काफी बन्यो । यसअघि दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गरेको थियो ।

ताजा अपडेट

७ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस