पौष ८, काठमाण्डौँ । केही दिनदेखि लगातार सुनको मूल्यमा वृद्धि भएको छ । तोलाको ७० हजारमुनि झरेको सुनको मूल्य फेरि ७२ हजार नाघेको छ । मंगलबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ३ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
तेजावी सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार ३ सयले बढेर ७२ हजार २ सय मा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।