अब एटीएम मेसिनबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष १८, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । अब एटीएम मेसिनबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको छ । यसअघि दैनिक ६० हजार रुपैयाँसम्म निकाल्न मिल्ने गरेकोमा राष्ट्र बैंकले पुरानै व्यवस्था कायम गरेको हो ।

गएको भदौसम्म पनि एटीएमबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था थियो । तर चिनियाँ नागरिकले नक्कली कार्डबाट एटीएम मेसिनको पैसा निकालेपछि राष्ट्र बैंकले सीमा घटाएको थियो ।

अबको व्यवस्थाअनुसार एटीएम कारोबारमा न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढीमा एक लाख रुपैयाँ निकाल्न पाइनेछ । यसअघि प्रतिकारोबार २० हजार र प्रतिदिन अघिकतम ६० हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस