पौष २२, कास्की । पोखरामा सहासिक खेल प्याराग्लाइडिङ क्रस कन्ट्रीतर्फको उच्च लेवलको ‘वल्र्डकप एसियन टुर’ हुने भएको छ ।
प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय संस्था एफएआई र प्याराग्लाइडिङ वल्र्डकप कमिटीले नेपालको पोखरामा उक्त वल्र्डकप एसियन टुर आयोजना गर्न मान्यता दिएसँगै पोखरामा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको नेपाली टिमका पूर्व कप्तान विमल अधिकारीले बताए ।
उक्त प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म पोखराको सराङकोटमा हुने भएको अन्तर्राष्ट्रिय संस्थासँग समन्वयसमेत गरेका पूर्वकप्तान अधिकारीले बताए ।