६ महिना नटिक्ने काठमाण्डौका स्मार्ट ट्राफिक लाइट ! ट्राफिक बत्ती बाल्ने अभियान फेरी सुरु ?

Post Thumbnail

माघ ४, काठमाण्डौ । राजधानीका सडक व्यवस्थित र सुरक्षित केहिले बन्लान् ? यो सबैको साझा प्रश्न हो । अब भने सडक र सडकका बत्तिलाई ब्यबस्थित बनाउन ट्राफिक बत्ती बाल्ने अभियान अगाडि बढाइएको छ । राजधानीलाई सुन्दर, सुरक्षित र ट्राफिक व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने कार्यसँगै बत्ती सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

राजधानीमा यातायातको उचित व्यवस्थापन गर्न सरकारले अभियान नै चलाउन लागेको बताउँदै उनले यसअन्तर्गत ट्राफिक बत्तीको व्यवस्थापन तथा सञ्चालन उपयुक्त ढङ्गबाट अभियान अगाडि बढाइएको जानकारी दिए । यस अभियान अन्तर्गत नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिंहदरबार क्षेत्र, पुतलीसडक पद्मोदय मोडमा दुईवटा, तीनकुनेमा तीनवटा, पुतली सडक चोक, ललितपुरको महापाल चोक गरी एघारवटा ठाउँमा ट्राफिक बत्तीलाई व्यवस्थित गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी उनले जानकारी दिए ।

ट्राफिक बत्ती व्यवस्थापन तथा सञ्चालनको पहिलो चरणको कार्यक्रम अन्तर्गत एघार ठाउँमा बत्ती सञ्चालनमा ल्याइएको जानकारी दिँदै ट्राफिक बत्ती सञ्चालनमा आएसँगै सडक जाम न्यून भएको छ भने सडक दुर्घटनामा समेत कमी आउने विश्वास गरिएको उनले बताएका छन् । त्यसैगरी, दोस्रो चरणअन्तर्गत एक महिनाभित्र कालीमाटीका दुईवटाका साथै जेब्रा क्रसिङका लागि पुतलीसडक, न्युरोड, सोल्टीमोड, महाराजगञ्ज शिक्षण अस्पताल अगाडि, नारायणगोपाल चोक, कालिमाटी टङ्केश्वर क्षेत्रमा, थापाथली चोक, माइतीघर चोक, कोटेश्वर चोकका ट्राफिक लाइट सञ्चालन गरिने जानकारी दिए ।

त्यसैगरी, कोटेश्वरदेखि सूर्यविनायक सम्मको रुटमा रहेका ट्राफिक लाइट छिट्टै सञ्चालनमा ल्याइने तयारी भइरहेको जनाउँदै उनले भक्तपुरको सूर्यविनायक, सल्लाघारी, गठ्ठाघर, कौशलटार र ठिमी क्षेत्रमा भएका ट्राफिक बत्तीमध्ये अहिले ठिमीमा रहेका बत्ती मात्र सञ्चालनमा रहेको उल्लेख गरेका छन् ।

यसअघि २०७४ चैतमा राजधानीका आठ ठाउँमा ‘स्मार्ट ट्राफिक लाइट’ सञ्चालनमा ल्याइएको थियो । तर ती बत्ती उद्घाटन गरिएका ६ महिना नबित्दै बिग्रिएर सञ्चालन हुन सकेनन् । नेपाली प्रविधि र इन्जिनियरहरूको सहयोगमा सीसी क्यामेरासहित तयार पारिएको ट्राफिक बत्ती काठमाडौँको नयाँ बानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड र नारायण गोपाल चोकमा ‘इन्टरसेक्सन ट्राफिक लाइट्स’ मुख्य चोकमा जडान गरिने ट्राफिक लाइट सञ्चालनमा ल्याइएको थियो । नारायणगोपाल चोकमा पहिलो पटक नयाँ ट्राफिक लाइट जडान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस