देशभरका स्थानीय तहलाई कालोपत्रे सडकले जोडिने

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । देशभरका स्थानीय तहलाई कालोपत्र सडकद्वारा जोड्नेगरी योजना अघि बढाइएको स्थानीय पूर्वाधार विभागले बताएको छ । विभागका अनुसार ३६८ स्थानीय तहको केन्द्रसम्म जोड्ने ४ हजार २०० किमी सडक निर्माण र स्तरोन्नतिको तयारी अघि बढाइएको हो ।

देशभरका सबै पालिकाको केन्द्रसम्म एउटै स्तरको सडक निर्माणका लागि नेपाल सरकारले नै सडक निर्माणको योजना बनाएको स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए । उनका अनुसार देशभरका सबै पालिकामा कालोपत्र सडक निर्माणका लागि करीब डेढ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माण गर्न लागिएको सडकमा सबैभन्दा बढी प्रदेश सरकारको अधिकार क्षेत्रअन्तर्गत रहेका सडक भएको उनले बताए । सडक निर्माणपछि त्यसको मर्मत र सुधारको काम सम्बन्धित सरकारको नै हुने श्रेष्ठले जानकारी दिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस