नेपालको निर्माण क्षेत्रमा मात्र १५ लाख भारतीय कामदार, एक कामदारले सरदर ३० देखि ३५ हजार कमाउने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २०, सोमबार (५ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाण्डौ । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करीब ४० लाख युवाशक्ति विदेश पलायन भएको तथ्याङ्क एकातर्फ छ । अर्का तर्फ नेपालका निर्माण कम्पनीहरू विदेशी कामदार नहुने हो भने निर्माणका काम गर्न नसकिने गुनासो गर्छन् । देश विकासको मेरुदण्डको रुपमा मानिएको निर्माण क्षेत्रमा कामदारको अभाव हुन थालेको व्यवसायी बताउँछन् । नेपालका युवा विदेश पलायन भए संगै नेपालका निर्माण व्यवसायी भारतीय कामदार ल्याएर काम गराउनु परेको बताउँछन् ।

नेपालको निर्माण क्षेत्रमा १५ लाखको हाराहारीमा भारतीय कामदार रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । भारत र बंगलादेश बाट कामदार नल्याए निर्माणका काम अधुरो जस्तै हुने उनको अनुभव छ । नेपालमा काम गर्न नेपालीले लाज मान्ने र विदेशमा जस्तो सुकै काम गर्न तयार हुने सामाजिक संस्कारको विकास भईरहेको अध्यक्ष सिंहको ठहर छ ।

साथीभाई, इष्ट्रमित्रको लहलहमै लागेर पनि धेरै नेपाली विदेश जानेको गरेको उनको भनाई छ । विदेशमा कमाएको पैसा खर्च गर्ने ठाउँ कम हुने र स्वदेशमा कमाएको पैसा खर्च गर्ने ठाउँ धेरै भएकोले पैसा बचत भएन भनेर विदेशमा जाने लहर पनि धेरै गरेकोे उनी बताउन्छन् ।
नेपालमै निर्माण क्षेत्रमा काम गर्ने कामदारले न्यूनतम् आठ घण्टा काम गर्दा ३० देखि ३५ हजार कमाउने गरेको व्यवसायी संघका अध्यक्ष सिंहले बताए । यस क्षेत्रमा काम गर्ने भारतीय कामदारले प्रतिव्यक्ति ४० हजारदेखि दुई लाखसम्म कमाउने गरेको उनको भनाई छ । बढ्दो विदेश मोह रोक्न सरकारले लागु गरेका सामाजिक सुरक्षा योजना लगायत बिभिन्न आकर्षक कार्यक्रम ल्याउन जरुरी रहेको अध्यक्ष सिंहले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस