गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला : चितवनको इच्छाकामना गाउँपालिकाद्धारा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २७, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ २७, चितवन । गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण गरिहेको रङ्गशालाका लागि गाउँपालिकाले सहयोग गरेको हो ।

रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो। गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस