माघ २७, काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपिएफले फ्रेन्ड्स क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोलअन्तरले पराजित गरेको हो ।
जितपछि एपिएफले १२ खेलबाट ८ अंक बनाएको छ । पराजित फ्रेन्ड्सको समान खेलबाट १४ अंक छ । लिगको शीर्ष स्थानमा आर्मी छ । आर्मीको ११ खेलबाट २६ अंक हुँदा दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको ११ खेलबाट २५ अंक छ ।