नेपाल–अस्ट्रेलिया सम्बन्ध ६० औं वर्षमा प्रवेश

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ३, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण ३, काठमाण्डौ । नेपाल–अस्ट्रेलिया औपचारिक कूटनीतिक सम्बन्ध शनिवारदेखि ६० औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेको भन्दै एकआपसमा बधाइ तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।

सन्देशमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अस्ट्रेलियाका विदेशमन्त्री मारिसे प्यानेले पारस्परिक विश्वास, समझदारी र सहयोगमा आधारित दुवै देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ६० वर्षअघि आजकै दिन नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

द्विपक्षीय सम्बन्ध स्थापनको ६० औं वर्ष प्रवेशका अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले शनिवार साँझ राजधानीमा स्वागत समारोह आयोजना गर्दैछन् । परराष्ट्रमन्त्री ज्ञवालीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, प्रधानमन्त्रीका सल्लाहकार, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीलगायत नेपाली समाजका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको अस्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस