नागढुंगा सडकखण्डको स्तरोन्नतिको काम शुरू

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढ़ुंगा सडकखण्डको स्तरोन्नतिको काम शुरू गरेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम शुरू गरेको हो । करिब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्ने काम दुई सातासम्म हुनेछ ।

आगामी २० चैतसम्म काम सक्नेगरी ठेक्का सम्झौता भए पनि १० दिनमा कालोपत्रे थप्ने काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । त्यस अवधिसम्म सवारी आवतजावतमा समस्या पर्ने भएको छ । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस