फाल्गुण ७, हेटौंडा । सरकारकै दुइ मन्त्रालयबीचको आन्तरिक किचलोका कारण चार बर्ष अघिको मन्त्रीपरिषदको निर्णयबाट हेटौंडा उपमहानगरपालिका–१४, मयुरधापमा निर्माण थालिएको मयुरधाप औद्योगिक क्षेत्रको काम अपलत्र भएको छ । २०७५ जेठ १९ गते डिपीआर स्वीकृति प्राप्त गरी औद्योगिक क्षेत्रको काम अगाडि बढाएपनि वन तथा वातारण र भूमि सुधार मन्त्रालयबीचको आन्तरीक किचलोका कारण ढेडबर्षदेखि निर्माणको कामले गति लिन नसकेको औंद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
२०७२ चैत्र १ गतेको मन्त्रिपरिषदको निर्णयले मयुरधापमा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएपनि पर्सा राष्ट्रिय निकुञ्जले आफ्नो जग्गामा बिना अनुमति काम थालेको भन्दै रोकेपछि सुरु भएको बिबाद अझै टुङ्गोमा पुगेमा पुग्न सकेको छैन । मन्त्रिपरिषद्को निर्णयपछि २०७३ साउन ६ गते औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा मुमिसुधार मन्त्रालयले दिएको लालपुर्जा बदर गर्न वन तथा वातावरण मन्त्रालयले भनेपनि भूमि सुधार मन्त्रालयले बदर गर्न नमिल्ने भनेपछि औद्योगिक क्षेत्रको आईईई प्रतिवेदन वनले रोकेको हो ।