आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र रेल सञ्चालन हुने, जनशक्ति नहुँदा रेल चलाउन ढिलाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ९, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण ९, काठमाण्डौ । लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइरहेका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भने “धरै वर्ष अवरुद्ध रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउने छ । आफ्नै भूमिमा सुविधायुक्त रेल चढ्ने नेपालीको सपना यसै आर्थिक वर्षमा पूरा हुने छ । ” उनले भने मन्त्रालयले चालू आर्थिक वर्षभित्रै रेल सेवा सञ्चालनमा ल्याउने कार्ययोजना तयार गरी पूर्वतयारी तीव्र बनाएकाले निर्धारित समयमै रेल सञ्चालनमा आउँछ ।
उनले भने, “भारतको चेन्नईमा निर्मित नेपाल ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । अर्कोको निर्माण एक महिनाभित्र सम्पन्न हुने छ । जयनगर–जनकपुर ३५ किलोमिटर रेलवे ट्र्याक निर्माण भइसकेको छ । विदेशी प्राविधिकहरू भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम पनि भइरहेको छ । ’’ भारत सरकारको पूर्ण स्वामित्वमा रहेको कोकन रेलवे कर्पोरेसन लिमिटेडले सो रेल निर्माण गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस