सुरक्षित सडकका लागि १ खर्ब अतिरिक्त बजेट आवश्यक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ९, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण ९, काठमाण्डौ । नेपालले सुरक्षित सडकका लागि आगामी एक दशकमा एक खर्ब अतिरिक्त बजेट खर्च गर्नुपर्ने एक प्रतिवेदनले औंल्याएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘दक्षिण एसियामा सडक सुरक्षा’ सम्बन्धी प्रतिवेदनले नेपालको सुरक्षित सडकका लागि अतिरिक्त ८७ करोड ९० लाख डलर अर्थात् करिब १ खर्ब रुपैयाँ खर्च गर्नुपर्ने उल्लेख गरेको हो ।

विश्व बैंकले नेपालसहित भुटान, बंगलादेश र भारतका लागि गरेको अध्ययन प्रतिवेदनमा यी मुलुकको सडकको अवस्था उच्च दुर्घटना जोखिममा रहेको जनाएको छ । विश्व बैंकले यी देशमा राजमार्गको सडक दुर्घटनालाई आधार बनाएर अध्ययन गरेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस