मर्मतका लागि कालीगण्डकी विद्युत्गृह बन्द

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना मर्मतका लागि बन्द गरिएको हो ।

प्राधिकरणका अनुसार आयोजना तीन दिन बन्द हुनेछ । विद्युत्गृहको पहिलो युनिटको मुख्य इन्लेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेदेखि विद्युत् उत्पादन बन्द गरी मर्मत शुरु गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस