निर्माण नसकिँदै भत्केको नारायणगढ–मुग्लिन सडकको मर्मत भएन

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, चितवन । निर्माण नसकिँदै भत्केको नारायणगढ–मुग्लिन सडकको मर्मत सुरु हुन सकेको छैन । मर्मतका लागि बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनी इच्छुक देखिएका छैनन् । दुईपटक आह्वान गर्दा पनि बोलपत्र नपरेपछि तेस्रोपटक सूचना निकाल्ने तयारी सडक विभागले गरेको छ । ३६ किलोमिटर लामो यो सडकको तीन ठाउँमा चिरा परेर समस्या देखिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा भासिएको सडक । तस्बिर स् कान्तिपुर नारायणगढदेखि १७ किलोमिटर पर मुग्लिनतर्फ सबैभन्दा ठूला चिरा परेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २३ किलोमिटरमा पर्ने सिमलतालमा सडक चर्केको भने २६ किलो मिटरमा पर्ने भालु खोलामा भत्केको छ । अन्य दुई ठाउँमा २०७५ सालको असारबाटै सडक भत्केको खनालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस