मिथिला संस्कृतिको पर्यटन सम्भावना बढ्दै

Post Thumbnail

फाल्गुण १२, काठमाण्डौ । तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र । मधेशको पर्यटन भन्नासाथ धनुषाको जनकपुरधामलाई लिइन्छ । यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची बनेको छ । तर मिथिला सभ्यता–संस्कृतिमा जनकपुरजत्तिकै ऐतिहासिक धार्मिक महत्वको सप्तरी भने पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ ।

सप्तरीको पर्यटन विकासमा सेतुको भूमिका निर्वाह गरेको छ हवाई यातायात सेवाले । सप्तरी हनुमान नगरका देवेन्द्र झालाई पनि राजविराज विमानस्थलमा हवाई जहाज सेवा शुरु भएपछि जिल्लाको मुहार फेरिने आशा पलाएको छ । उनी भन्छन् “सप्तरी मिथिला संस्कृति र धार्मिक पर्यटनको प्रचूर सम्भावना भएर पनि ओझेलमा परेको छ, अहिले जहाज ओहोरदोहोर गर्न थालेपछि मानिसको चहलपहल बाक्लिएको छ, पर्यटनका गतिविधि बढ्ने देखिन्छ ।”

विश्वप्रसिद्ध हनुमान मन्दिर हनुमानको कालो मूर्तिले प्रख्यात छ । तत्कालीन समयमा सप्तकोशीले आफ्नो धार परिवर्तन गरेपछि हनुमानगर डुबानमा प¥यो । हनुमान मन्दिरको नजिक आइपुगेपछि कटान रोकियो । सदरमुकाम राजविराज सारियो । मधेश पर्यटन भन्नसाथ जनकपुरको सम्झना आउने भए पनि जनकपुरलाई बिर्साउने पर्यटकीय सम्भावना सप्तरीले बोकेको साहित्यकार धीरेन्द्र प्रेमर्षी बताउछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस