फाल्गुण १५, काठमाण्डौ । जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन् । आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन् ।
जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड १९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ । जापानमा यसै वर्ष ओलिम्पिक प्रतियोगिता हुँदैछ । प्रतियोगिताको आयोजक समितिले खेलभन्दा अगाडि हुने ओलिम्पिक मसाल रिलेमा थोरै सहभागिता गराइने जनाएको छ । बिबिसि