फाल्गुण २०, काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले ओलीको स्वास्थ्य राम्रो भएको बताएको हो । ओली अहिले अस्पतालमा विशेषज्ञको निरन्तर निगरानीमा छन् । अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेम कृष्ण खड्गाले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको जानकारी गराएका हुन् ।
‘हालसम्म उहाँको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ’, खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ विशेषज्ञहरुको निरन्तर निगरानीमा हुनुहुन्छ ।’ प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण अगाडि दिइने आवश्यक औषधि दिन सुरु गरिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।