कोरोनाको त्रास : चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइसक्न निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आउदो चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण र त्रास बढ्दै गएकोले चैत ५ गतेभित्र नै परीक्षा लिन देशभरका विद्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो । यस्तै मन्त्रालयले सामूहिक भेला, सेमिनार, गोष्ठी लगायत कार्यक्रम नगर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिए । सरकारले चैत ६ देखि १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा एसईई हुने कार्यतालिका भने परिमार्जन नहुने मन्त्रायलका सूचना अधिकारी दिपक शर्माले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस