कोरोना रोकथाम गर्न अमेरिकाको ३ करोड ७० लाख डलर सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । अमेरिकी सरकारले कोरोना भाइरस कोभिड–१९ को जोखिममा रहेका नेपालसहित विश्वका २५ देशहरूमा भाइरसबाट बच्‍न पूर्व तयारी र रोकथामको लागि करिब ३ करोड ७० लाख अमेरिकी डलर दिने वाचा गरेको छ । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार अमेरिकी सरकारले इमर्जेन्सी रिजर्भ फन्डमार्फत कोरोना भाइरसबाट बच्‍नका लागि पूर्व तयारी र रोकथामको लागि उक्त बजेट छुट्याउन लागेको हो ।

उक्त रकम अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी एजेन्सी यूएसएआईडी र विश्व स्वास्थ्य संगठन डब्लूएचओ मार्फत खर्च गरिने उल्लेख छ । यूएसएआईडीका कार्यक्रमहरु सञ्चालन गर्ने बहुपक्षीय संस्थाहरूबाट पनि रकम उपलब्ध गराइने छ ।

अमेरिकाको अनुसार उक्त रकमको सुविधा पाउने उच्च कोरोना भाइरस जोखिममा रहेर सहयोग पाउने मुलुकहरुमा अफगानिस्तान, अंगोला, इन्डोनेसिया, इराक, काजाकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजाकिस्तान, फिलिपिन्स, तुर्केमेनिस्तान, उज्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगलादेश, म्यानमार, कम्बोडिया, इथोपिया, किर्गिस्तान, मंगोलिया, लाओस, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड र भियतनाम हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस