सिपी मैनालीको अवस्था बुझ्न वरिष्ठ नेता झलनाथ खनाल ग्राण्डी अस्पतालमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । सवारी दुर्घटनामा परी घाइते भएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था बुझ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल ग्राण्डी अस्पतालमा पुगेका छन । साँझ ६ बजे अस्पाल पुगेका खनालले झण्डै ४५ मिनेट अस्पतालमा बिताएको र मैनाली र उनको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानाकारी दिए । खनालको साथमा नेकपाकै नेता अमृतकुमार बोहरा पनि अस्पतालमा पुगेका थिए ।

दुर्घटनामा घाइते भएका मैनालीको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको छ । मैनालीको निधार र घाँटीमा चोट पनि लागेको छ । भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घटनामा परेका थिए । उनी सवार बा७च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना ४ च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस