मिर्गौला प्रत्यारोपण प्रधानमन्त्री ओली र मिर्गौला दाता दुवैको शल्यक्रिया जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भइरहेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरिरहेको हो । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्काले प्रधानमन्त्री र मिर्गौला दान गर्ने दुवैलाई बिहान १० बजे नै अप्रेसन थिएटरमा लगिएको जानकारी दिए । ‘१० बजेपछि सम्माननीय प्रधानमन्त्रीज्यूलाई अप्रेसन थिएटरभित्र लगिएको छ । डोनरलाई त्यसअघि नै लगिसकिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालका तर्फबाट साँझ पनि ब्रिफिङ गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा र अस्पतालका निर्देशक डा खड्काले अस्पताल परिसरमा पत्रकारहरूलाई केहीबेर अघि यस्तो जानकारी गराएका हुन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमवार अस्पताल भर्ना भएका हुन् । उनलाई भाञ्जी नाता पर्ने एक युवतीले मिर्गौला दान गर्दैछिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस