प्रतिनिधिसभा बैठक : विशेष प्रस्ताव पारित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । दोस्रोपटक मिर्गौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्यलाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।

बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोण सफलताका साथ सम्पन्न होस् भन्ने कामनासमेत गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको अहिले मिर्गौला प्रत्यरोपण गरिँदै छ । ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिन लागेको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस