प्रधानमन्त्री ओलीद्वारा मलेसियाका प्रधानमन्त्री मोहम्मद यासिनलाई बधाई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २२, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २२, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका प्रधानमन्त्रीमा याब तानश्री दातो हाजी मुइद्दिन बिन हाजी मोहम्मद यासिन नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना मलेसियाली समकक्षीलाई आज एक बधाई सन्देश पठाएर उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री यासिनको कार्यकालमा नेपाल–मलेसिया सम्बन्ध अझ सुदृढ हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस