यसकारण हटाइए लीलामणि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाण्डौ । मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको सरकारी स्रोतले जनाएको छ ।

पूर्वमुख्य सचिव पौडेललाई पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०७३ मा राजदूत बनाएर चीन पठाएको थियो। पौडेललाई एकाएक फिर्ता बोलाउनुको पछाडि कतिपयले नेकपाका दुई अध्यक्षबीचको राजनीतिक प्रतिशोध भनी अथ्र्याउने गरेका छन् । कतिपयले यो निर्णयलाई ललितानिवास जग्गा हिनामिना प्रकरणसँग जोडेर हेर्ने गरेका छन् । उक्त प्रकरणसँग जोडिएको भन्दै पौडेलसहित अन्य केहीमाथि हाल अनुसन्धान भइरहेको नेपाल प्रहरीको सिआइबी स्रोतले जनाएको छ ।

पौडेल राजदूत भएकै बेला मुद्दा अघि बढ्दा होस्ट मुलुकमा नकारात्मक सन्देश जाने भएकाले सरकारले फिर्ता बोलाउने निर्णय गरेको स्रोतको भनाइ छ । पौडेलले चीनका लागि राजदूतको जिम्मेवारी सम्हालिरहेका बेला नेपाल–चीनबीच कतिपय ऐतिहासिक महत्व राख्ने काम भएका छन् । उनकै कार्यकालमा लामो समयदेखि हुन नसकेको चिनियाँ उच्च राजनीतिक नेतृत्वको नेपाल भ्रमण भएको छ । राष्ट्रपति सी चिन फिङले गत अक्टोबरमा दुईदिने नेपाल भ्रमण गरेका थिए । त्यस्तै हालै कोरोना कोभिड–१९ को उत्पत्ति स्थल चीनको वुहानबाट एक सय ७५ जना नेपाली विद्यार्थी फिर्ता ल्याउने सन्दर्भमा पनि पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नागरिक दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस