पेट्रोलियम अन्वेषणको पहिलो चरणको काम सकेपछि फर्कियो चिनियाँ प्राविधिक टोली

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, दैलेख । दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको श्रीस्थान, नाभीस्थान पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखमा रहेको चीनको प्राविधिक टोली पहिलो चरणको अन्वेषणका काम सम्पन्न गरी फर्किएको छ ।

कात्तिक महिनामा दैलेखमा आएको चीनको प्राविधिक टोली र खानी तथा भूगर्भ विभागको टोली पहिलो चरणको अन्वेषणको काम सम्पन्न गरेर फर्किएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् गणेश त्रिपाठीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा खटिएको टोलीले काम सम्पन्न गरेर फर्किएको बताए ।

उनले आएको चार वटा टोली मध्ये पहिलो टोलीले सर्भे गरेर नक्सा निर्माण, दोस्रो टोलीले जीओलोजिकल सर्भे गरी जमिनको सतहमुनिको अवस्थाका विषयमा अनुसन्धान गर्ने, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले साइस्मिक सर्भे गरेर फर्किएको बताए ।

दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं। १ बेलपाटा चुप्रामा र दुल्लु नगरपालिका वडा न।५ दुल्लू अस्पतालमामा बेस क्याम्प निर्माण गरी चार महिना भन्दा बढी दैलेख बसेको टोलीले दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुँगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भूभाग समेटेर दशवटा सिस्मिक लाइनहरुमा जम्मा दुईसय लाईन किलोमिटर सर्भे गर्न चारसय वर्ग किलोमिटर भूभाग समेटेर सर्भे गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस