चैत्र ३, स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले स्याङ्जास्थित फेदिखोला नगरपालिकामा असिनापानी र चट्याङले पुर्याएको क्षतिको स्थलगत निरिक्षण गरेकी छन् । मन्त्री अर्याल आज फेदिखोला गाउँपालिका पुगेर शनिबार राती आएको हावाहुरी चट्याङसहितको असिनापानीले गाउँपालिका क्षेत्रमा पुर्याएको क्षतिको निरिक्षण गरेकी हुन् ।
असिनापानीले ठूलो मात्रामा क्षति पुर्याएको क्षेत्र फेदिखोला गाउँपालिका वडा नम्बर ४ को आरुखर्क र वडा नम्बर २ को कुडुले भन्ने स्थानमा पुगेर मन्त्री अर्यालले स्थलगत निरिक्षण गरेकी हुन् । असिनापानीले क्षति पुर्योएको क्षेत्रमा पुगेर मन्त्री अर्यालले कृषिमा लगानी गरेर अगाडी बढेमा कृषिमार्फत देश समृद्ध हुने भन्दै त्यसैका आधारमा फेदिखोलाबासी कृषिमा लागेको बताइन् ।