चैत्र ३, काठमाण्डौ । खाना पकाउने एलपि ग्यास अहिले बजारमा आईरहेपनि केहि मात्रामा कमी देखिएको उद्योगले जनाएको छ । कोरोना भाइरसका कारण बजारमा एलपि गयसको माग बढेकाले बजारमा केहि असहज अबस्था देखिएको बताईएको छ ।
अहिले केहि असहज अबस्था भएपनि पहिलेको तुलनामा बढी नै ग्यास आयात भईरहेकाले सर्वसाधारणलाई नआत्तिन आग्रह गरिएको छ । साथै ग्यास बिक्रेताहरुलाई नयाँ ग्यास सिलिण्डर नदिन पनि आग्रह गरिएको छ ।