चैत्र ४, काठमाण्डौ । धानमन्त्री केपी शर्मा ओलीले गत वर्ष सुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम यो वर्ष पनि ढिलाइ भएको छ । अब यो कार्यक्रममार्फत बेरोजगार भत्ता नदिइने भएको छ । प्रधानमन्त्री ओलीले गत वर्ष कार्यक्रमको सुरुआत गर्दा युवालाई वर्षमा सय दिनको रोजगार दिने र रोजगार नपाउनेलाई बेरोजगार भत्ता दिने घोषणा गरेका थिए। प्रधानमन्त्री रोजगार कार्यक्रमले त्यहीअनुसार, निर्णय पनि गरेको थियो। अब भने बेरोजगार भत्ता नदिइने भएको छ । अब बेरोजगार भत्ता नदिने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले बताए ।
६० हजारलाई मात्र रोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सात सय ५३ स्थानीय तहबाट १३ लाख ३३ हजार पाँच सय ४४ बेरोजगार युवा सूचिकृत भएकोमा यस वर्ष ६० हजारलाई मात्रै न्यूनतम एक सय दिनको रोजगारी दिने योजना बनाएको छ। यसका लागि पाँच अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको छ ।